काठमाडाैं । एशिएन बैंकर एसोशिएसनले काठमाडौंमा दुई दिने सम्मेलन गर्ने भएको छ । एसियाका बैंकरहरुको छाता संस्था एसियन बैकिङ एशोसिएशनले पहिलो पटक नेपालमा सम्मेलन र आफ्नो वार्षिक साधारण सभा आयोजना गर्ने भएको हाे ।

नेपाल बैंकर संघले आज सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कात्तिक २३ र २४ गते ‘रोडम्याप फोर रिकभरी एशिएन बैंकिङ इण्डष्ट्री’ विषयमा सम्मेलन गर्ने जानकारी दिएको हो ।

काठमाडाैंको होटल सोल्टीमा आयोजना हुने सम्मेलनमा २५ वटा देशका ७० भन्दा बढी बैंकर्सको सहभागिता रहने नेपाल नेपाल बैंकर्स एसोसिएनका अध्यक्ष सुनिल केसीले जानकारी दिए ।

नेपालमा पहिलो पटक हुन लागेको सो सम्मेलनको नारा ‘रोडम्याप फर रिकभरी एन्ड सस्टेनेबल ग्रोथ’ रहेको छ । सम्मेलनका क्रममा चार ओटा सेसन हुने र त्यसमा अन्तरराष्ट्रिय स्तरका बैंकर तथा वित्तीय वक्ताहरुको सहभागिता रहने छ।

सेसनमा डिजिटल ट्रान्सफरमेसन,ग्लोबल बैकिङ परिदृष्य,इन्भारोमेन्ट सोसियल गभरन्मेन्टलगायतका विषयमा छलफल हुने छ । सम्मेलनमा सहभागी बैंकरहरु बीच एसियाभरका बैंकहरुमा देखिएको अनिश्चितता विषयमा समेत विशेष छलफल हुनेछ ।

आयोजक देश नेपाल भएकोले रिईम्याजिन इकोनोमि अफ नेपाल नामक विषयमा छुट्टै छलफलसमेत हुने छ । त्यस्तै, सम्मेलनमा एशिया क्षेत्रका बैंकरहरुको उपस्थिती रहने छ ।