काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका लागि एनएमबि बैंकले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गर्ने निर्णय गरेको हो ।
कात्तिक १७ गते राति ११ः४७ बजे गएको भूकम्पबाट प्रभावितहरुलाई राहत तथा उद्धारका लागि विभिन्न संघसस्थाहरुबाट सहयोग उपलब्ध भईरहेको छ । यसैबीच एनएमबि बैंकले पनि भूकम्प प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
यसबाट भूकम्प पीडितहरुलाई केही हदसम्म राहत महसुस हुने विश्वास बैंकले लिएको छ ।