काडमाडौं । विद्युत नियमन आयोगबाट राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति पाएको छ । आयोगले कम्पनीलाई हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।

आयोगले कात्तिक १९ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोगसँग चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो ।