काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकाे छ । संस्थाले गत वर्षको नाफाबाट १३.६८% लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको कात्तिक २१ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट १३% बोनस सेयर र कर तिर्न ०.६८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले बोनस सेयर वितरणमा १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँ खर्च गर्नेछ । यस्तै, ६ लाख ५१ हजार ६२८ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।

सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बोनस वितरण हुनेछ ।