काठमाडौं । महालक्ष्मी विकास बैंकले तिहार तथा छठ बिदामा पनि बैंकिङ सेवा दिने भएको छ ।
बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधा तथा आवश्यकतालाई मध्यनजर गर्दै बैंकले बिदाका पनि आफ्ना केहि शाखा कार्यालय मार्फत सेवा दिने जनाएको छ ।
कम्पनीले कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म बिदाको दिनमा सेवा दिने जनाएको हो ।