काठमाडौं। बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।प्रकाशित बित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ५१ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको यसै अवधिमा कमाएको ८ करोड ५८ लाख ८६ हजार रुपैयाँको तुलनामा १२.५१% ले घटेको हो ।
कम्पनीको विद्युत बिक्रीको आम्दानी १.८३% ले घटेर २१ करोड ५ लाख ३० हजार रुपैयाँमा सीमित भएपछी नाफा घटेको हो। गत वर्ष भने विद्युत बिक्रीबाट २१ करोड ४४ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको थियो । यता, विद्युत उत्पादन तथा वितरण लागत केही घटाएपछि सञ्चालन नाफा ०.२५% ले बढेको छ । यद्दपि, वित्तीय आम्दानी पनि ५०.१२% घटेपछि समग्रमा खुद नाफा प्रभावित भएको हो ।
हाल बुटवल पावरको सेयर पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ६४ करोड २७ लाख २४ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्मकोे प्रतिसेयर आम्दानी २.२० रुपैयाँ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २.६५ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २०६.८५ रुपैयाँ छ । यता, सम्पतिमा प्रतिफल (आरओए) १.१२% बाट घटेर असोज मसान्तसम्म ०.९८% मा आएको छ ।