काठमाडौं। हिमालयन एभरेष्ट इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशित गरेको बिवरण अनुसार यो आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिमा भन्दा १७.८९% ले बढी हो ।
यस अवधिमा कम्पनीले ५४ करोड ७ लाख ४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ३८ करोड २२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ४७ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो।
यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी १९ करोड २५ लाख रुपैयाँ रहेको छ । यस्तै,कम्पनीको कमिसन आम्दानी १७.१८% र लगानी तथा कर्जाबाट आम्दानी १५.४८% ले बढेको छ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको छ । बिमा कोषको आकार ४ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । रिटेन्ड अर्निङ शीर्षकमा १ अर्ब ६२ अर्ब २० करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ३२ करोड ९१ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ९.३० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८७.२५ रुपैयाँ रहेको छ ।