काठमाडौं । काठमाडौं महानगरपालिकामा तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यसपालिको तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने जानकारी गराएका हुन् ।
‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमती दिइएको थियो,’ उनले भनेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले ‘राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेदििन हार्दिक अनुरोध गर्दछौ ।’