काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा बनाएको हो ।

बैंकले एक दिनमा २० पटकसम्म रकम जम्मा गर्न सकिने गरी सीमा बढाएको जनाएको छ ।

‘प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकामा कात्तिक २४ गतेदेखि मङ्सिर तीन गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरिएको छ’, राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भनेको छ ।