काठमाडौं । दुई कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । शुक्रबार अपि पावर लिमिटेड र मल्टिपर्पस फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको हो ।
अपि पावरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर सूचीकरण भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद जारी गरेको थियो ।
त्यसैगरी, मल्टिपर्पस फाइनान्सको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर सूचीकरण गरिएको हो । यो फाइनान्सले सेयरधनीलाई ३५ प्रतिशत हकप्रद जारी गरेको थियो ।