काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीको खुद नाफा १४ प्रतिशतले बृद्धि भई १४ करोडबाट बढेर १६ करोड ६१ लाख पगेको छ ।
कम्पनीको जीवन बीमा कोषको आकार १७.४५ प्रतिशतले बृद्धि भई ३३ अर्बबाट ३९ अर्ब ५० करोड नाघेको छ । त्यस्तै, कम्पनीको चुक्ता पुँजि बृद्धि भई तीन अर्ब १५ करोड पुगेको देखिएको छ ।
तीन महिनाको अवधीमा कम्पनीको समग्र बीमा व्यवसाय ७.६४ प्रतिशतले बृद्धि भई एक अर्ब ७२ करोडबाट बढेर एक अर्ब ८५ करोड नाघेको छ । सोही अवधीमा कम्पनीको कूल दावी भुक्तानी १०२ प्रतिशतले बृद्धि भई ४७ करोडबाट बढेर ९५ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी १८.४४ रुपैयाँबाट बृद्धि भई २१.०७ रुपैयाँ पुगेको छ । प्रतिशेयर कूल सम्पत्तिको मूल्य १४४५.०६ रुपैयँँ रहेको छ ।
कम्पनीले लगानी तथा कर्जाबाट प्राप्त आम्दानीमा उल्लेख्य बृद्धि गर्न सफल भएको छ । गत आवको तीन महिने अवधीमा ८७ करोड रुपैयाँ आम्दानी गरेकोमा चालु आवको तीन महिनामा एक अर्ब एक करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
त्यस्तै, कम्पनीको कूल कायम पोलिसी संख्या पाँच लाख २२ हजारबाट बढेर छ लाख २३ हजार नाघेको छ ।