काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको त्रैमासिक नाफा सामान्य अङ्कले बढेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सामान्य नाफा बढेको तथ्थाकंमा उल्लेख छ ।
त्रैमासअवधिसम्म कम्पनीले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको तीन महिनामा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २०.६४ प्रतिशत बढेर २७ करोड ७८ लाख पुगेको छ। कम्पनीको कमिशन आम्दानी र लगानी तथा कर्जाबाट आम्दानी भने क्रमशः ४.९८ प्रतिशत र ३.७६ प्रतिशत घटेको छ ।
कम्पनीको कुल आम्दानी ९.०५ प्रतिशत र कुल खर्च १३.८९ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । कम्पनीको महाविपत्ती कोषमा १४ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ्गमा ३३ करोड रुपैयाँ र अन्य इक्विटीमा ५८ करोड ७८ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २३ पैसा बढेर १६ रुपैयाँ ९४ पैसा पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.२१ गुणा रहेको छ ।