काठमाडौं । सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले २०२३ मा १० लाख पु¥याउने घोषणा समेत गरेको छ ।पर्यटनमा २ अर्ब १३ करोड बजेट विनियोजन भएको छ ।
‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान यस वर्ष चलाइने भएको छ । अन्तर प्रदेश हवाइ सेवालाई प्राथमिकता दिने अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए ।
ताप्लेजुङदेखि ग्रेट हिमालयन ट्रेल निर्माणलाई तिब्रता दिने उनले बताए ।
पोखरा–मुस्ताङ पदमार्ग निर्माणको कामलाई तिब्रता दिइने भएको छ । पर्यटकीय पदमार्ग निर्माणको लागि पशुपति गुरुयोजना, लुम्बिनी गुरुयोजनाको काम अगाडी बढाइने उनले बताए। जनकपुर, स्वर्णद्वारी, मुक्तिनाथलाई समेटेर सर्किट निर्माण गरिने भएको छ ।