काठमाडौँ । छठसम्म मूल्य नबढाउने निर्देशन पाएको नेपाल आयल निगमले सोमबार पनि पेट्रोलियम पदार्थको मूल्य हेरफेर नगर्ने भएको छ ।
यस अगाडि आज अर्थात् सोमबारका दिन मूल्य हेरफेर गर्ने भनेको निगमले नयाँ मूल्य सूची पाएको भए पनि स्थानीय बजारमा पुरानै बिक्री मूल्य कायम गरेको छ।
दशैं, तिहार र छठजस्तो चाडलाई मध्यनजर गरेर सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन दिएको थियो । छठ पर्व सकिएको पछि पछिल्लो नयाँ मूल्य सूची भारतले गत बिहीबार प्राप्त गरेको भए पनि छठसम्म मूल्य वृद्धि गर्न दिएको निर्देशनसँगै सोमबार नयाँ बिक्री मूल्य सार्वजनिक हुने निगमले जनाएको थियो ।
अब नयाँ बिक्री मूल्य भने आगामी डिसेम्बर १ मात्रै तय हुने नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताएका छन् । ‘भारतबाट नयाँ मूल्य सूची आएपछि मात्रै मूल्य हेरफेर हुन्छ ।
निगमले हरेक अङ्ग्रेजी महिनाको १ र १५ गते पाएको नयाँ मूल्य अनुसार नै स्थानीय बजारमा पनि मूल्य हेरफेर हुन्छ सरकारको निर्देशनपछि स्वचालित मूल्य प्रणाली अनुसार तेलको मूल्य समायोजन नगर्दा कतिपय पेट्रोलियम पदार्थमा निगम घाटामा छन् ।
अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्दो ट्रेन्डमा देखिएको छ । अन्तर्राष्ट्रिय परिदृष्टलाई हेरेर सरकारी निर्देशनको हवाला दिँदै निगमले तत्काल नयाँ बिक्री मूल्य सार्वजनिक नगरेको निगम स्रोतले बतायो ।