काठमाडौँ । मङ्गलवार अमेरिकी डलरको भाउ हालसम्म कै उच्च बिन्दुमा पुगेको छ ।
अमेरिकी डलरको भाउ खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । सोमबार अमेरिकी डलरको भाउ खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरिएको थियो ।
नेपाल राष्ट्रबैंकका अनुसार जारी नोभेम्बर महिनाको ११ र १२ तारिखमा रेकर्ड अमेरिकी डलरको हालसम्मकै उच्च मूल्य आज कायम भएको हो ।
अमेरिकी डलर महँगो हुँदा नेपालजस्तो कमजोर आर्थिक अवस्था भएको तथा आयात व्यापारमा निर्भर अर्थतन्त्रका लागि निकै ठुलो सकस हुन्छ । तर, नेपाल भित्रिने रेमिटेन्समा भने निकै ठुलो टेवा पुग्छ ।
सरकारले अन्तर्राष्ट्रिय निकाय तथा नियोगहरूबाट लिने ऋण डलरमै स्वीकार गर्ने भएकोले यसको भाउ बढ्दा ऋण तथा त्यसको नियमित ब्याज तिर्न सकस पर्छ । डलर महँगिँदा त्यस्तो लागत बढ्न जान्छ ।
त्यस्तै नेपाल राष्ट्र बैङ्कका अनुसार आज युरो एकको खरिद दर १४५ रुपैयाँ ३६ पैसा र बिक्री दर १४६ रुपैयाँ ०१ पैसा तोकिएको छ।
यता बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८७ पैसा र बिक्री दर १६६ रुपैयाँ ६२ पैसा तोकिएको छ।
आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १७ पैसा र बिक्री दर ८७ रुपैयाँ ५६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
त्यसै गरी मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५१ पैसा र बिक्री दर २८ रुपैयाँ ६३ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा रहेको छ ।