काठमाडौं । बजेट भाषणको भोलि पल्ट मंगलबार छापावाल सुनको मूल्य तोलको २४ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको मूल्य बढेर तोलाको एक लाख १० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार छापावाल सुन तोलाको एक लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ । तेजावी सुन सोमबार तोलाको एक लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर एक हजार २७५ रुपैयाँ कायम भएको छ ।