काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल स्थित वेस्टर्न एशियन होटल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने रेष्टुरेन्ट तथा आवास सेवामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

बैंकले यस भन्दा अगाडि थ्रपै सामाजीक संघ-संस्थासंग सहकार्य र व्यवसायीक छुट सम्झौता गर्दै आएको छ ।