काठमाडौंः सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश सिधै खातामा पठाउन सुरु गरेको छ ।
बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मंगलबार (मंसिर ५ गते) बाट नगद लाभांश जम्मा गर्न सुरु गरेको थियो ।
यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । बैंकको मंसिर ५ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ४.२१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।