काठमाडौँ । नेपाली बजारमा एक हप्ता देखि निरन्तर बढेको पहेँलो धातु सुनको भाउ शुक्रवार भने घटेको छ  ।

यो दिन छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको छ । यो दिन छापावाला सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसै गरी, तेजाबी सुन तोलामा १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।आज चाँदीको भाउ ५ रुपैयाँले बढेको हो। आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।