काठमाडौं । बजेट आएको भोलीपल्ट अर्थात आज मंगलबारको शेयर बजार उच्च अंकले घटेको छ ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३ दशमलव १६ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब ६१ विन्दुमा बन्द भएको हो ।
कारोबार रकम भने साढे दुई अर्ब नाघेको छ । आज २ अर्ब ३४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ९ कम्पनीको शेयरमूल्य बढेको छ भने २०७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८१८ दशमलव ६० रुपैयाँ पुगेको छ भन् विपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९दशमलव ९८ प्रतिशतले बढेर प्रतिकित्ता ३७२ दशमलव ४० रुपैयाँ पुगेको छ ।