Course increase: graph with dollar sign and arrow up

काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । योसँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।

नोभेम्बर २३ र २५ मा कायम सर्वाधिक मूल्यको रेकर्ड समेत तोडिएको छ । यी दुवै दिन अमेरिकी डलरको भाउ क्रमशः १३३.६८ र १३३.६६ रुपैयाँ पुगेको थियो ।

डलरको भाउले आइतबार नोभेम्बर २३ को रेकर्डलाई समेत ब्रेक गरी नयाँ उचाई बनाएको हो । आइतबारका लागि राष्टबैंकले अमेरिकी डलरको खरीद दर रु.१३३.१ तथा बिक्रीदर १३३.७ रुपैयाँ तोकेको छ ।

अमेरिकी डलरको मूल्य बढ्दा आयात व्यापारमा निर्भर नेपालको लागि निकै ठुलो सकस

यस्तै नेपाल राष्ट्र बैंकले १ युरोको खरिद दर आज १४५.२५ रुपैयाँ पुगेको छ। बिक्री दर १४५.९१ रुपैयाँ छ । त्यस्तै नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १५ पैसा र बिक्री दर १६७ रुपैयाँ ९० पैसा रहेको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.10133.70
EUR  (European Euro)1145.25145.91
GBP  (UK Pound Sterling)1167.15167.90
CHF  (Swiss Franc)1150.67151.35
AUD  (Australian Dollar)187.4287.81
CAD  (Canadian Dollar)197.2397.67
SGD  (Singapore Dollar)199.2699.71
JPY  (Japanese Yen)108.908.94
CNY  (Chinese Yuan)118.6118.69
SAR  (Saudi Arabian Riyal)135.4935.65
QAR  (Qatari Riyal)136.5136.68
THB  (Thai Baht)13.753.77
AED  (UAE Dirham)136.2436.40
MYR  (Malaysian Ringgit)128.4128.54
KRW  (South Korean Won)10010.1910.24
SEK  (Swedish Kroner)112.7112.76
DKK  (Danish Kroner)119.4819.57
HKD  (Hong Kong Dollar)117.0817.15
KWD  (Kuwaity Dinar)1431.69433.64
BHD  (Bahrain Dinar)1353.08354.67