sf7df8f}F, @^ k';M k|ltlglw;ef a}7sdf k|d bfxfn k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú dªunaf/ a;]sf] k|ltlglw;efsf] a}7snfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । बुधबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमणकै क्रममा तीन वटा परियोजनाको शिलान्यास गर्ने भएका छन् । नेपाल–भारत क्रश बोर्डर परियोजनाका रुपमा रहेको सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले संयुक्त रुपमा शिलान्यास गर्ने भएका हुन् ।
पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने सम्झौता यसअघि नै भइसकेको थियो ।
यस्तै, सोही भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने परियोजनाको समेत शिलान्यास गर्ने तयारी रहेको छ ।
साथै झापा बोर्डरमा एकीकृत जाँचपास चौकीको समेत शिलान्यास गर्ने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
नेपालगञ्जमा निर्माणाधिन एकीकृत भन्सार जाँचपास चौकी (आइसिपी) को समेत यसै अवसरमा उद्घाटन गर्ने तयारी भइरहेको बुझिएको छ ।

मंगलबार भ्रमणकै सन्दर्भमा बसेको मन्त्रिपरिषद्को वैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा कुनै अनुचित र देशलाई अहित हुने खालका त्यस्तो कुनै पनि सम्झौता नहुने प्रतिवद्धता जाहेर गरेका छन् ।
बैठकमा प्रचण्डले व्यापार पारवहन, लगानी प्रवर्द्धन, ऊर्जा क्षेत्रमा व्यापार, अन्तर देशीय विद्युतीय लाइन, सिचाई, बाढी तथा डुबान नियन्त्रण लगायत विषयलाई मुख्य एजेण्डा बनाइने बताएका छन् । यस्तै कृषि, हवाई प्रवेश मार्ग रुट सम्पर्क सञ्जाल, पक्की पुल निर्माण, एकीकृत जाँच पास चौकी र आन्तरिक कन्टेनर जस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा समेत छलफल हुने प्रचण्डले बताएका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतको भूमि हुँदै बंगलादेशसम्म जलविद्युत निर्यातको विषयमा समेत ठोस कुरा हुने बताएका छन् ।