काठमाडौं । १० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट शेयर धनीलाई लाभांश घोषणा गरेका छन्।

अहिलेसम्म लाभांश घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ। बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश नपाउने भएका छन् ।

बुक क्लोज भइसकेका बैंकहरुमा माछापुच्छ्रे, एभरेस्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स, सिद्धार्थ र स्टान्डर्ड चार्टर्ड छन् ।

त्यस्तै ग्लोबल आईएमई बैंकको मङ्गलवार बुक क्लोज मिति तय भएको छ । मङ्गलवारसम्म सेयर खरिद गर्नेले यो कम्पनीको लाभांश पाउने छन् ।

लाभांश घोषणा गरिसकेका नबिल र नेपाल एसबीआई बैंकले भने अहिलेसम्म बुक क्लोजको मिति तय गरिसकेका छैनन्। यी बैंकको सेयर खरिद गर्नेहरू अहिले पनि घोषित लाभांश पाउनका लागि हकदार हुनेछन् ।

माछापुच्छ्रे बैंकले लाभांशस्वरुप प्रदान गरेको बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा पाइसकेका छन् भने दोस्रो बजारमा सूचीकृत भइसकेको छ । नगद लाभांश घोषणा गरेका केही बैंकले शेयर धनीको बैंक खातामा लाभांश प्रदान गरिसकेका छन् ।

बैंकबोनस सेयरनगद लाभांश 
माछापुच्छ्रे१३.३०.७
एभरेस्ट१०१०.५३
एनआईसी एसिया२९१.५२
सानिमा५.७
सिटिजन्स५.७९
सिद्धार्थ४.२१
स्टान्डर्ड चार्टर्ड१९
ग्लोबल आईएमई
नेपाल एसबीआई३.७५६.८
नबिल बैंक११