काठमाडौँ । साताको तेस्रो कारोबार दिन अर्थात् मङ्गलवार शेयर बजारमा गिरावट आएको छ। आज बजार २.१७ अङ्कले घटेर १८९४ को विन्दुमा कायम हुन पुगेको हो ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज सोनापुर मिनरल्स कम्पनीको ८ करोड ४९ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोल्टी होटलको ६ करोड ५८ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यसैगरि आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ५४ लाख ४० हजार रुपैयाँ, सिटिजन लाइफ इनस्योरेन्सको ४ करोड ४६ लाख ३१ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको ३ करोड ५५ लाख १७ हजार रुपैयाँको कारोबार भएको हो ।