काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज कम्पनीका अध्यक्ष दिनेश उपाध्याय समक्ष आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

सीईओ बरालले आज राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्ययलाई आफ्नो व्यक्तिगत र घरायसी कारण देखाएर राजीनामा बुझाएका हुन् ।

सरकारले २०७९ भदौ २३ गते बराललाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको थियो ।