काठमाडौं । राइजिङ ट्रेडिङ कम्पनीले इनिग्मा ब्रान्डको विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले सुपथ मूल्यमा इनिग्माका ४ वटा स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले सोमबार सार्वजनिक गरेका मोडलमा क्रिङ्क प्रो, यन८, क्रिंक भि१ र जिटी ४५० प्रो छन् । भारतमा निर्मित इनिग्माका स्कुटरहरु पावर र माइलेजमा ’बेस्ट इन क्लास’ मानिन्छन् । यी स्कुटरको सञ्चालन खर्च प्रतिकिलोमिटर २८ पैसाभन्दा कम पर्छ ।

उत्कृष्ट टर्कका लागि ३० एमएम मोटर म्याग्नेट दिइएको यो स्कुटरमा ब्याट्रीको लामो आयुका लागि स्मार्ट बीएमएस प्रवधि जडान गरिएको छ । अत्यन्तै कम मर्मत खर्चमा सञ्चालन गर्न सकिने यी स्कुटरमा ३एमएम हाई ग्रेड एबीएस बडी पार्टस् छ । क्रुज कन्ट्रोल, रिभर्स गियर, किलेस राइडिङ, सेन्ट्रल लकिङ, एन्टी थेप्ट अलार्म सिस्टम, यूएसबी पोर्ट, फाइन्ड माई स्कुटर, जीपीएस ट्र्याकिङ, जिओ ट्यागिङ लगायत विशेषता यी स्कुटरमा छन् ।

सहरी र ग्रामीण दुवै इलाकाका लागि उपयुक्त इनिग्माका विद्युतीय स्कुटरहरु आरामदायी र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएका छन् ।

स्कुटरका विषयमा कम्पनीका प्रबन्ध निर्देशक अजिज श्रेष्ठ भन्छन्, ’पावर र पर्फर्मेन्समा प्रतिस्पर्धी सरहका स्कुटर सुपथ मूल्यमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो । त्यसैले हामीले भारतको लोकप्रिय ब्रान्ड यहाँ ल्याएका छौं ।’

भारतबाट आयातित स्कुटर भएकोले सपोर्ट सिस्टम राम्रो रहेको र पार्टपुर्जाहरु सजिलै पाइने पनि उनले बताए । उनका अनुसार क्रिङ्क प्रो को २ लाख ९५ हजार रुपैयाँ, यन८ को २ लाख ५० हजार रुपैयाँ, क्रिङ्क भि१ को २ लाख ६० हजार रुपैयाँ र जिटी ४५० प्रो को २ लाख ३५ हजार रुपैयाँ मूल्य तोकिएको छ । उपरोक्त मुल्य सिमित अवधिको लागी मात्र ।