काठमाडौं । बुधबार सुनचाँदीको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै बुधबार १६ सय रुपैयाँले बढेर नयाँ मूल्यले नयाँ इतिहास कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोता सुनको मूल्य १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै , बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १५ सय २० रुपैयाँ कायम भएको छ ।