काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनी हिमालयन गोरखा नेट प्रालिको अनुमति पत्र खारेज गरेको छ ।

प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै गोरखाको हरामटारीस्थित हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज गरिएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार अनुमति पत्र नम्बर फि.ज.१-१२८ नवीकरण गर्न नचाहेकाले अनुमतिपत्र खारेज गरिएको छ । कम्पनीनको लाइसेन्स दूरसञ्चार ऐन २०५३ को दफा २५ ९५० बमोजिम खारेज भएको जानकारी प्राधिकरणले दिएको छ ।

यो सहित प्राधिकरणले उक्त कम्पनीलाई नियमानुसार तिर्न वा बुझाउनपर्ने रकम सम्बन्धमा आगामी ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नसमेत सूचित गरेको छ ।