काठमाडौँ । आज शुक्रवारका दिन सुनको मूल्य घटेको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको सुन आज तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १९ हजार र तेजाबी सुनको मूल्य १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ ।