काठमाडौं । माल्टा पठाइदिने भन्दै पैसा लिएर सम्पर्कविहीन हुने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी-१ घर भई हाल काठमाडौं-१३ वाफल बस्दै आएकी २९ वर्षीया लक्ष्मी श्रेष्ठ रहेकी छन्।

श्रेष्ठले माल्टामा प्रतिष्ठित होटलमा जागिर लगाइदिने र तलब एक लाख रुपैयाँ हुने भन्दै प्रलोभनमा पारी पटक पटक गरि उक्त रकम उठाएको प्रहरीले जनाएको छ।

उनले वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै दुई जनासँग ६ लाख ८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।