काठमाडौँ न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरूको विश्व प्रमुख निर्माता, बीवाईडीले आफ्ना ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ।
यस रेकर्डले विद्युतीय सवारी उद्योगको विकासमा बीवाईडीको प्रतिबद्धताको निरन्तरता देखाउने कम्पनीले उल्लेख गरेको छ । बीवाईडीले न्यू इनर्जी भेहिकलको उत्पादन तीन महिनामै ५० लाख देखि ६० लाख पुर्याउँदै, द्रुत गतिले निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको हो ।
बीवाईडीको विविध ब्राड मैट्रिक्सहरूमा डाइनेस्टी र ओसन सिरिज,फांगचेंगबाओ, डेन्जा र याङवाङ जस्ता विभिन्न ब्राण्डहरू बजारमा उपलब्ध छन् । बीएओ ५ जुन बीवाईडीको फांगचेंगबाओ उप-ब्राण्ड अन्तर्गतको एसयूभी हो, यसको ६० लाख उत्पादन उपलब्धिको खुसि कर्मचारीहरूले एकआपसमा बाँडेका थिए ।
अक्टोबरमा मात्रै बीवाईडीले ३ लाखभन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै, मासिक बिक्रि रेकर्ड बनाएको थियो । कम्पनीले प्रबिधिमा अग्रणी स्थान लिँदै बीवाईडीले विश्व बजारमा सुनौलो र सुनिश्चित भविष्यको सिर्जना गरेको छ जसले उपभोक्तहरूको विविध आवश्यकताहरूलाई पूरा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ।
विश्वमा पहिचान बढाउँदै, न्यू इनर्जी भेहिकलको निर्यात र स्थानीय उत्पादन दुबैमा बीवाईडीले आफ्नो पहुँच बढाएको छ। हाल, बीवाईडीले ५८ देश र तिनका विभिन्न क्षेत्रमा प्रवेश गरि, जम्माजम्मी २ लाखभन्दा बढी गाडीहरु बिक्री गरिसकेको छ। न्यू इनर्जी भेहिकलको बजारमा थाइल्यान्ड, ब्राजिल, र अन्य देशरुमा महत्त्वपूर्ण जीत पनि हासिल गरिसकेको छ।
बीवाईडीले, ब्लेड बैटरी, डीएम-आइ सुपर हाइब्रिड सिस्टम, इ-प्लेटफर्म ३.० सेल टु बडी टेक्नोलजी, ई ४ प्लेटफर्म, बीवाइडी डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, र ड्युअल मोड अफ(रोड -डीएमओ) सुपर हाइब्रिड सिस्टम, जस्ता नवीन र पर्यावरणमैत्री प्रविधिको विकासमा अग्रणी स्थान हासिल गरेको छ ।