काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

लघुवित्तको १५ प्रतिशत बोनस बापत २ लाख ५५ हजार ६५५.७७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।