काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश कुमार चौधरी चयन भएका छन् ।
१५ गते शुक्रबार विहान बसेको लघुवित्तको सञ्चालक समितिको २१० औं बैठकले चौधरीलाई सीईओ नियुक्त गरेको हो ।
चौधरीलाई मंसिर १५ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय भएको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।