काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको आज बिहान अवलोकन गरेका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आइतबार दैलेख पुगेका ओली सोमबार बिहान दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका हुन् ।

अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ उत्खननका बारेमा स्थानीयसँग जानकारी लिनुका साथै श्रीस्थान मन्दिरको दर्शन समेत गरेको तस्वीर सहित सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको पाँचौँ दिन एमालेले आज सोमबार सुर्खेतमा जनसभा गर्ने मिति तय भएको छ ।