काठमाडौं । आज सोमवारका दिन अर्थात् साताको दोस्रो कारोबारको दिन सामान्य अंकले शेयर बजार घटेको छ । सोमबार शेयर बजार ३ दशमलव ४२ अंकले घटेर १८४७.८१ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै १०९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । जसमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट र माउण्टेन इनर्जि नेपालको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्योसँगै एसबिआई डिभेन्चर, इङ्वा हाइड्रोपावर, इमर्जिङ नेपालसहित अन्य कम्पनीको सेयर मूल्यमा पनि गिरावट भएको छ । मौद्रिक नीतिको समीक्षाको पर्खाइमा दिनहुँ शेयर बजार घटी रहेको सेयर विज्ञहरू बत्ताउँछन्