काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ।
कम्पनीले एक सूचना जारी गर्दै सोमबार बसेको सञ्चालक समितिको ४५२औं बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको जानकारी गराएको छ ।
ईन्सोरेन्सले मुनाफाबाट यस वर्ष लाभांश वितरण नगरी सञ्चित गर्ने र सोही अनुसार स्वीकृतको लागि नेपाल बिमा प्राधिकरणमा पेश गर्ने तथा प्राधिकरणबाट स्वीकृत भई आएपश्चात् आगामी आर्थिक साधारण सभामा स्वीकृतको लागि पेश गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरेको छ ।