काठमाडौं । कामना सेवा विकास बैंकले साधारणसभा डाकेको छ ।

कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले पुस १७ गते मंगलबार साधारणसभा गर्ने निर्णय गरेको थियो ।

बैंकले साधारणसभा प्रयोजनको लागि मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन्।