काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न १० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ । बैंकले आज बुधबार बैंक तथा वित्तीय संस्थाहरुको १० अर्ब रुपैयाँ तान्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रिय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति मंसिर १३ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।