काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

हिजो मंगलबारका दिन सुन प्रति तोला २४ सय रुपैयाँले र चाँदी ४५ रुपैयाँले घटेको थियो । सोही मूल्यमा आज सुन थप आठ सय र चाँदी २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

भने तेजाबी सुन प्रति तोला एक लाख १७ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य सोमबार प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

बुधबार चाँदी प्रति तोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि सोमबार इतिहासकै उच्च मूल्य अर्थात तोलाको एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।