काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकले आफ्नो १८औं बार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले जेठ १४ गतेका लागि सभा बोलाएको हो।

सभा प्रयोजनका लागि मंसिर २८ गतेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। मंसिर २७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनुका साथै सभामा भाग लिन पाउनेछन् ।

बैंकले गत आवको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने भएको छ। यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।