काठमाडौ । नेपालमा ठूलो हिस्सा ओगटेको प्यास निर्यातमा भारतले रोक लगाएको छ।
केन्द्र सरकारले घरेलु बजारमा प्याजको उपलब्धता सुनिश्चित गर्दै मूल्यलाई नियन्त्रणमा राखिरहनका लागि यस्तो कदम चालेको हो।
भारतले आगामी वर्ष मार्च महिनासम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो। भारतको यो निर्णयले नेपाली बजार र नेपाली नागरिकको चुल्होसम्म असर गर्न सक्ने धेरैले अड्कल काटेका छन्।
भारतको यो कदमले नेपाली बजारमा प्याजको मूल्य आकाशिन आउने व्यवसायीहरुको भनाई छ । विदेश व्यापार महानिर्देशालयले एक सूचना जारी गर्दै प्याज निर्यात नीतिमा फेरबदल गर्दै सन् २०२४ मार्च ३१ सम्म निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ।