काठमाडौं । साता कारोबारको पहिलो दिन सुनको भाउ घटेको छ। आइतबार सुन प्रतितोला १३ सयले सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन १ लाख १७ हजार ५०० र तेजावी सुन १ लाख १६ हजार ९५० रुपैयाँमा कायम भएको छ। शुक्रबार छापावाला सुन १ लाख १८ हजार ८०० र तेजावी सुन १ लाख १८ हजार २५० रुपैयाँ प्रतितोला कायम भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला १ हजार ४६० रुपैयाँमा कायम भएको चाँदीको मूल्य आज प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँमा कायम भएको छ।