काठमाडौं। नेप्से सूचक एकैदिन ६ प्रतिशतले बढेपछि आजलाई शेयर कारोबार बन्द भएको छ। आइतबार बजार खुले देखिनै शेयर बजार लगातार बढ्न थालेका थियो भने डेढ घण्टा नवित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो। यसअघि आज बजार २ पटकसम्म सकारात्मक सर्किट लागेर स्थगित भयो ।
नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढेर २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ। बुधबार सूचक लगातार बढेर ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको हो।
यस अघि २० मिनेटको कारोबार स्थगनपछि सेयर बजार पुनः खुलेको थियो । बजार खुलेको करिब ५ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । करिब ११ बजेर २५ मिनेटपछि बजार पुनः सुचारु भएको थियो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेपछिको पहिलो दिन आज विहानैदेखि नेप्सेमा उछाल आएको छ । लामो समयदेखि निराश लगानीकर्ताहरुले हालसम्मकै ऐतिहासिक रेडर्क कायम गर्ने नेप्सेको बृद्धि भएसँगै कारोबार स्थगित हुन पुगेको छ ।