काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा पठक पटक सर्किट ब्रेकर लागेर आजको कारोबार स्थगित भएको छ ।
सूचक १२ बजेर ०९ मिनेटमा ६ प्रतिशतले बढेको हुनाले सर्किट ब्रेकर लागेको छ। अब कारोबार सोमबार मात्र खुला हुनेछ।
यसअघि बजार २ वर्ष अगाडि मंसिरमा ६ प्रतिशले बढेको थियो । २०७८ मंसिरको ३० गते बजार ६ प्रतिशतले बढेर यसैगरी कारोबार बन्द भएको थियो । त्यसदिन दिन बजार १३७ अंकले बढेर २४१८.८५ विन्दुमा बन्द भएको थियो ।
दुुईवषयताको शेयर कारोबारमा अहिलेसम्म ६ प्रतिशतको सर्किट लागेको थिएन। आज आइतबार नेप्से सूचक १११.२० अंकले बढेर १९६३.९८ विन्दुमा पुगेर बन्द भएको छ।
मौद्रिक नीति समीक्षाले बैंक दर र नीतिगत दर घटाएको छ । यसबाट ब्याजदर थप घट्ने देखिएको छ । यस्तै, सेयर धितो कर्जाको जोखिमभार पनि घटाइएको छ । यसले बैंकहरु अब सेयर धितो कर्जा प्रवाह गर्न उत्साहित हुने देखिएको छ ।