काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रबाट ‘डिस्चार्ज’ भएका छन् । मुटुको उपचारपछि डिस्चार्ज भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको गृह मन्त्रालयले जानकारी गराएको छ ।
मङ्सिर १९ गते मन्त्री श्रेष्ठ काठमाडौँको बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गराएका थिए ।
मन्त्रालयले जारी गरेको वक्तव्यमा, ‘उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले चिकित्सकको सल्लाह र सिफारिसमा आज मङ्सिर २४ गते अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ’ भनी उल्लेख छ ।