विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा इलन मस्क पुनः पहिलो नम्बरमा उक्लिएका छन् । ब्लुमबर्गको सूची अनुसार मस्कको नेटवर्थ १ खर्ब ९२ अर्ब डलर पुगेको छ ।
दोस्रो स्थानमा रहेका लक्जरी ब्राण्ड ‘लुई भिटन’ का मालिक बर्नार्ड आर्नल्टको नटवर्थ १ खर्ब ८७ अर्ब डलर रहेको छ । बुधबार लुई भिटनको सेयर भाउमा २५ भन्दा बढी गिरावट आएपछि आर्नल्ट धनाढ्यहरुको सूचीमा दोस्रो स्थानमा झरेका हुन् ।
पछिल्लो समय मस्क र फ्रान्सका ७४ वर्षीय आर्नल्टबीच पहिलो नम्बरका लागि तीब्र प्रतिस्पर्धा जस्तै चलेको छ । आर्नल्टले गत डिसेम्बरमा मस्कलाई पछि पारेर ब्लुमबर्गको सूचीमा पहिलो नम्बरमा आएका थिए ।
त्यसबेला, प्रविधि कम्पनीहरुको सेयरमा गिरावट आएपछि मस्कको नेटवर्थ खस्किएको थियो । यद्दपि, यस वर्ष भने मस्कको नेटवर्थ हालसम्म ५५।३ अर्ब डलरले वृद्धि भइसकेको छ । यसअवधिमा टेस्लाको भाउमा ६६५ वृद्धि भएपछि मस्कको सम्पति बढेको हो ।