काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताएका छन् ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण निर्णय लिएको बताए ।
भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच ट्रान्जिट एग्रिमेन्ट भएको, जसले नेपालका जनताका लागि नयाँ रेल रुटको व्यवस्था गरिएको बताए ।
भारत र नेपालको बीचमा लङटर्म पावर ट्रेड एग्रिमेन्ट भएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेको समेत जानकारी दिए।