काठमाडौँ । सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले बताएका छन् ।

आज (मंगलवार) ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी माघदेखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट निर्माणको कामलाई सरकारले अघि बढाउने बताएका छन् ।

मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रम र संघीयता कार्यान्वयनका लागि आवश्यक सुझाव सरकार दिन पनि सम्बन्धित क्षेत्रका विज्ञहरूलाई आग्रह गरे । उनले १६ औँ योजनाको दस्ताबेजलाई पूरा गर्ने कामलाई पनि सरकारले अघि बढाएको पनि बताए ।

मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रमबारे सुझाव दिँदा कारण खुलाएर दिन सम्बन्धित क्षेत्रका विज्ञहरूको ध्यानाकर्षण गराए । उनले भने, ‘माघदेखि हामी नयाँ बजेटको तयारीमा लाग्छौँ ।

सरकारको नयाँ नीति तथा कार्यक्रम आउँछ । र, सरकारले अहिले तयार गर्दै गरेको १६ औँ योजनाको दस्ताबेजलाई पूरा गर्ने योजना पनि भएको छ । १६ औँ योजनाका लागि सुझावहरू दिने काम गरियो भने त्यसलाई राष्ट्रिय योजना आयोगले समेट्ने छ ।