काठमाडौँ । लाभा ब्राण्डको मोबाइल बेच्ने आधिकारिक बिक्रेता अम्बे मोबाइल प्रालिले सन् २०२२ मा १ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् २०२१ मा १ अर्ब ६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२० मा ७३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
त्यस्तै सन् २०१९ मा १ अर्ब ५ करोड ८० लाखको व्यापार गरेको अम्बेले सन् २०१८ मा १ अर्ब ८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले अल्पकालीन कर्जाका लागि ५७ करोड रुपैयाँको रेटिङ पाएको छ । जसमा कम्पनीले एफोर रेटिङ पाएको छ ।