काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ७५ पैसा कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो । यस्तै, खरिददर पनि १३३ रुपैयाँ १५ पैसा कायम भएको छ । यसअघि मंसिर १५ गते १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ७४ पैसा र खरिददर पनि १३३ रुपैयाँ १४ पैसामा पुगेर रेकर्ड कायम गरेको थियो ।

त्यस्तै, एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ५२ पैसा र विक्रिदर १४४ रुपैयाँ १६ पैसा रहेको छ । अष्ट्रेलियन एक डलरको खरिददर ८७ रुपैयाँ २५ पैसा र विक्रिदर ८७ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।